दफा ८२
वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने
देहायका कुनै अवस्थामा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ :–
(क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा,
(ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा,
(ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।